इलामको विजयसभाबाट फर्किँदै गरेको गाडी दुर्घटना, १७ जना घाइते

नेपालभ्युज

इलामको विजयसभाबाट फर्किँदै गरेको गाडी दुर्घटना, १७ जना घाइते

इलाम । इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङको जीतउत्सव मनाएर फर्किएकाहरू चढेको बस दुर्घटनामा परेको छ । इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किँदै गरेको पिकअप दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको इलाम नगरपालिका ५ का निवर्तमान वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

पिकअप भ्यान इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ नक्सा होटेल गोलाईमा दुर्घटना भएको हो ।

घाइतेहरूलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको भएको प्रहरीले जनाएको छ ।

इलाम क्षेत्र २ को उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्बाङको विजय सभामा सहभागी हुन गाउँ–गाउँबाट मानिस इलाम बजार आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved