काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट बहुमतले पारित भएको संकल्प प्रस्ताव संविधान विपरित रहेको बताएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गलाई पत्र लेख्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
‘कोशी प्रदेश सभाको मिति २०८१/०१/०७ गतेको बैठकले बहुमतले पारित सङ्कल्प प्रस्तावले नेपालको संविधान २०७२ को धारा १८८ (४) को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ४८ को उपनियम (क), (ख), (ग) र (घ) विरुद्धको निर्णय गरेको हुँदा यो लिखत आफैमा संविधानको उल्लिखित व्यवस्थाको ठिक विपरीत रहेको ब्यहोरा अनुरोध छ ।’ पत्रमा भनिएको छ ।
प्रदेश सभामा दर्ता भएको सङ्कल्प प्रस्तावको निर्णयमा प्रदेशसभा सदस्यहरू पक्ष, विपक्ष तथा तटस्थ भई विभक्तसमेत रहेको हुँदा यसअघि भएको सङ्कल्पको व्यहोरासँग प्रदेशको सङ्कल्पको प्रकृति फरक रहेको कार्कीको दाबी छ ।
वैशाख ७ गते बसेकाे प्रदेशसभा बैठकले नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले दर्ता गरेको सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको थियो यससँगै विश्वासको मत लिनुपर्ने विपक्षीको दबाब थियो ।
नयाँ गठबन्धन बनेसँगै अल्पमतमा रहेका कार्कीले विश्वासको मत नलिएर सरकार चलाई राख्ने रणनीति बनाएका छन् ।



Facebook Comment
Comment