विजयी जुलुसमा सहभागी हुन एमाले अध्यक्ष ओली इलाम जाँदै

नेपालभ्युज

विजयी जुलुसमा सहभागी हुन एमाले अध्यक्ष ओली इलाम जाँदै

काठमाडौं । विजयी जुलुसमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जादैछन् ।

इलाम–२ को प्रतिनिधिसभामा विजयी बनेका एमाले उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुन ओली दिउँसो इलाम पुग्ने भएका हुन् । ओली दिउँसो १ बजे इलाम पुग्ने उनको सचिवालयले जनाएको छ ।

ओली यसअघि पनि सुहाङको चुनावी सभामा सहभागी हुन इलाम गएका थिए । निर्वाचन आयोगले अहिले बिहान ११ बजे सुहाङलाई विजयी प्रमाणपत्र दिने तयारी गरेको छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved