कपाल बेचेरै लाखौं कमाएकी सुन्दर मोडल

नेपालभ्युज

कपाल बेचेरै लाखौं कमाएकी सुन्दर मोडल

एजेन्सी । पैसा कमाउने विभिन्न तरिका हुन्छन् । सही तरिका पत्ता लगाएर तपाईं पनि सजिलै पैसा कमाउन सक्नुहुन्छ ।

कतिपयले पैसा कमाउन अनौठा उपाय पनि अपनाउँछन् । त्यस्तै एक सुन्दर मोडलले आफ्नो कपालको माध्यमबाट लाखौं रुपैयाँ कमाई गरेकी छन् । सुन्दा यो अचम्म लाग्ला तर, साँचो हो ।

अहिले सामाजिक सञ्जालमा आइरहेको भिडिओमा एक मोडलले आफ्नो कपाल बेचेर ४० लाख रुपैयाँ कमाई गरिसकेको दाबी गरिएको छ । यी महिलाका अनुसार यसरी कसैले पनि घरमै बसेर पैसा कमाउन सक्छन् ।

२१ वर्षीया अमान्डा लियोन पेशाले मोडल हुन् । उनी आफ्नो इन्स्टाग्राम अकाउन्टमा एकदमै सक्रिय छन् । उनका लाखौं प्रसंशक छन् जसले उनको कपालको पनि एकदमै चर्चा गरिरहेका हुन्छन् ।

अमान्डाका अनुसार सबैले उनको कपालको प्रसंशा गर्थे । यस्तैमा कसैले उनलाई आग्रह गर्‍यो यदि उनले आफ्नो कपाल दिन्छिन् भने ७१ पाउन्ड करीब १२ हजार रुपैयाँ दिन सक्छ । यसरी उनले आफ्नो कपालसँग जोडिएको व्यापार सुरु गरिन् ।

अमान्डाका अनुसार अहिलेसम्म उनले कपाल बेचेर २४ हजार पाउन्ड कमाई गरिसकेकी छन् । धेरैले उनको कपाल गिफ्टका रुपमा माग्ने गर्छन् । तर, उनले आफ्नो कपालका लागि हजारौं रुपैयाँ लिन्छिन् ।

केही दिन पहिले अमान्डाले नुहाउने पानी बेचेर पनि लाखौं रुपैयाँ कमाई गरेकी थिइन् । उनले आफ्नो विवाहका लागि पैसा जम्मा गरिरहेको बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved