इलाम-२ को मतगणना आइतबार बिहानदेखि

नेपालभ्युज

इलाम-२ को मतगणना आइतबार बिहानदेखि
फाइल फोटो

काठमाडौं ।  इलाम -२ को उपनिर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । शनिबार बिहान ७ बजेदेखि  सुरु भएको मतदानको मतगणना आइतबार बिहानदेखि हुने  इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार  आजै रातिसम्ममा मतपेटिका सङ्कलन गरिसक्ने र भोली बिहान (आइतबार बिहान) सर्वदलीय बैठक बसेर इलाम सदरमुकामस्थित गौतमबुद्धसभा हलमा मतगणना गरिने भएको छ । मतगणनास्थलमा तारबार गरिनुको साथै सीसी टिभी जडान गरिएको उनले बताए  । मतगणना दुई स्थानमा गरिने भएको छ । बिहान ३ बजेसम्ममा सबै मतपेटिका मतगणनास्थलसम्म आइपुग्ने बताइएको छ ।

एमालेका  सुहाङ नेम्वाङ, काँग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका डकेन्द्रसिंह थेगिम चुनावी मैदानमा रहेका छन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved