बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

नेपालभ्युज

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने।

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved