गण्डकी प्रदेश सभामा माओवादी- मध्यावधि रोक्न खगराज अधिकारीलाई विश्वासको मत दिउँ

नेपालभ्युज

गण्डकी प्रदेश सभामा माओवादी- मध्यावधि रोक्न खगराज अधिकारीलाई विश्वासको मत दिउँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिनु मध्यावधिमा जानबाट रोक्नु भएको बताएको छ ।

माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमानले जारी प्रदेशसभा बैठकमा भाग लिँदै यस्तो बताएका हुन् ।

“अहिल्यै त त्यो खतरा देखिँदैन । तर, यसै-यसै गर्दै जाँदा हामी मध्यावधितिर जाने खतरा त छैन ? सोच्नुपर्छ । र, माननीय मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिनु भनेको मध्यावधितिर सोझिएको कदम रोक्नु हो,” नेता चुमानले भने ।

उनले अधिकारी नेतृत्वको प्रदेश सरकारले समाजवादको मूल्य-मान्यताको विजारोपण गर्ने बताएका छन् ।

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदैछन् । उनलाई नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेले समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सिट भएको नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ भने २ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले तटस्थ बस्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved