कांग्रेस सत्ता गठबन्धन भत्काउन लागेको छ : देवेन्द्र दाहाल

नेपालभ्युज

कांग्रेस सत्ता गठबन्धन भत्काउन लागेको छ : देवेन्द्र दाहाल
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको शुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको सुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल सुरु भएको उनले आरोप लगाए ।

दाहालले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताए ।

कांग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved