मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतविरुद्ध कांग्रेसको रिट

नेपालभ्युज

मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतविरुद्ध कांग्रेसको रिट
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध मंगलबार अदालतमा रिट दायर गरेको कांग्रेसका प्रदेश सांसद डिल्लीराम सुवेदीले जानकारी दिए ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरिएको हो ।

रिटमा संविधानको धारा १६८ (२) अनुसार नियुक्त अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको उल्लेख गर्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा कांग्रेस नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ ।

सर्वोच्चको आदेशअनुसार मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, कांग्रेसले देखायो कालो झण्डा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved