नाभाल्नीलाई पुटिनले मृत्युदण्डको आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट

नेपालभ्युज

नाभाल्नीलाई पुटिनले मृत्युदण्डको आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट

एजेन्सी ।  अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार भए पनि उनले त्यस्तो घटना हुन आदेश नदिएको बताएको वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ ।

जर्नलका अनुसार मृत्युका कारण राष्ट्रपति भ्लादिमिर पुटिनको रुसविरुद्ध नयाँ चरणको प्रतिबन्ध लगाइएकोमा गोप्य गुप्तचर र सार्वजनिक तथ्यको विश्लेषणमा आधारित यो खोजले नाभाल्नीको सुदूर आर्कटिक जेलमा मृत्युबारे नयाँ प्रश्न खडा गरेको छ ।

ती तथ्यहरूमध्ये फेब्रुअरीको मध्यमा विपक्षी नेता नाभाल्नीको मृत्यु भएको थियो भने उहाँको मृत्युको एक महिनापछि भएको निर्वाचनले पुटिनलाई पुनः नयाँ कार्यकालका लागि निर्वाचित गरेको थियो ।

निर्वाचनका कारण नाभाल्नीको मृत्युको बिषय ओझेलमा परेको थियो । नयाँ खोजले नाभाल्नीको मृत्युमा पुटिनको जिम्मेवारीमाथि प्रश्न नउठाए पनि सीआईए र अन्य अमेरिकी गुप्तचर एजेन्सीहरूले सम्भवतः उनले ‘त्यतिबेला’ यो आदेश नदिएको हुनसक्ने विश्वास गरेका छन् ।

अमेरिकी खोजमा जानकारी लिइएका कतिपय युरोपेली अधिकारीहरूले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको गतिविधिप्रति पुटिन असन्तुष्ट रहेपनि यो घटनामा उनको प्रत्यक्ष सम्लग्नता नरहेको हुनसक्ने र उनलाई पूर्वजानकारी बिना नै निशाना बनाइएको हुन सक्नेमा शंका व्यक्त गरेका छन् ।

राष्ट्रपति जो बाइडेन र विश्वका अन्य थुप्रै नेताहरूले सार्वजनिक रूपमा यस रिपोर्टबारे कुनै प्रतिक्रिया व्यक्त गरिसकेका छैनन् तर बाइडेनले नाभाल्नीको मृत्युको आश्चर्यजनक समाचार सार्वजनिक भएपछि दिएको अभिव्यक्तिमा भनिएको थियो, “कुनै गल्ती नगर्नुहोस् । नाभाल्नीको मृत्युका लागि पुटिन जिम्मेवार छन् ।”

रूसी जेल सेवाका अनुसार नाभाल्नी फेब्रुअरी १६ मा एकान्त शिविरमा हिँडडुल गर्ने क्रममा वेहोस  भएका थिए र उनलाई पुनर्जीवित गर्ने चिकित्सकको प्रयास असफल भएको बताइएको थियो ।

एक दिन अघि मात्र एक भिडियोमा नभाल्नी तुलनात्मक रूपमा स्वस्थ र स्वभाविक मुद्रामा देखिएका थिए ।

त्यसको एक हप्ता अघि, उनि सम्भावित कैदी आदानप्रदानको बारेमा उच्च–स्तरीय वार्ताको विषय बनेका थिए । कैँदी आदानप्रदानका लागि उनको नाम पनि समावेश थियो ।
नाभाल्नी र उनका समर्थकले राज्यविरूद्ध ‘मनगढन्ते’ काम गरेको आरोपमा १९ वर्षको जेल सजाय काटिरहेका थिए ।

यसअघि उनी अमेरिकी र अन्य अनुसन्धानकर्ताहरूले क्रेमलिनलाई दोष दिएको विषाक्तताबाट बचेका थिए । रूसी अधिकारीहरूले विषाक्तता वा उनको मृत्युमा कुनै पनि दोष नरहेको बताएका छन् ।

हालैका वर्षहरूमा क्रेमलिनका कैयौँ प्रमुख विरोधीहरूको मृत्यु भएको छ, जेलमा राखिएको छ वा निर्वासनमा जान बाध्य पारिएको छ । एएफपीले प्रतिक्रियाका लागि शनिबार सम्पर्क गर्दा राष्ट्रिय सुरक्षा परिषद्ले उक्त रिपोर्टबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved