साउदीले कडा बनायो हज यात्राको नियम, उल्लंघन गरे स्वदेश फिर्ता पठाउने

नेपालभ्युज

साउदीले कडा बनायो हज यात्राको नियम, उल्लंघन गरे स्वदेश फिर्ता पठाउने

काठमाडौं । साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ देखि सुरु हुन लागेको हज यात्रालाई लिएर कडा नियम निर्धारण गरेको छ ।

हज यात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने मन्त्रालयले जनाएको छ ।

यो जरिवाना करिब २ लाख २३ हजार भारुसम्म हुनसक्छ ।

मन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हज यात्रीलाई स्वदेश फिर्ता पठाइनेछ ।

साथै, नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ।

सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाइएको छ । यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved