चेतावनी नदिन अमेरिकालाई नेतान्याहुको आग्रह, इजरायल एक्लै लड्न सक्ने जवाफ

नेपालभ्युज

चेतावनी नदिन अमेरिकालाई नेतान्याहुको आग्रह,  इजरायल एक्लै लड्न सक्ने जवाफ

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले हतियार ढुवानी रोके पनि इजरायल एक्लै उभिन सक्षम रहेको बताएका छन् ।

रफाहमा आक्रमण गरे अमेरिकाले हतियार ढुवानी रोक्ने चेतावनी दिएपछि बेन्जामिनले आफु एक्लै खडा हुन सक्षम रहेको जवाफ फर्काएका हुन् ।

अमेरिकाले सर्वसाधारणको हताहत हुन नदिन बमको ढुवानी रोकेको छ । नेतन्याहुले इजरायलको सबैभन्दा नजिकको सहयोगी अमेरिकालाई हतियार रोक्ने चेतावनी फिर्ता लिन आग्रह गरेका छन् ।

उनले सन् 1948 को युद्धलाई सम्झाउदै इजरायल एक्लै पनि लडाइँ गर्न सक्ने बताएका छन् । ७६ वर्षअघिको स्वतन्त्रता संग्राममा इजरायलले प्राप्त गरेको विरतालाई नबिर्सन नेतान्याहुले बाइडेनलाई सम्झाएका छन् ।

यसैबीच इजरायली रक्षा मन्त्री योभ गलान्टले इजरायललाई कसैले पनि दबाउन नसक्ने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो लक्ष्यका लागि आफुहरु बलियो खडा हुन सक्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved