सुनसरीको भोक्राहामा आगलागीबाट लाखौंको क्षति

नेपालभ्युज

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौंको क्षति

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो उनका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएका छन् । उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।

आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ । आगोबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए । आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved