जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई तोकियो

नेपालभ्युज

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई तोकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा सहभागी हुन शनिबार अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता श्रेष्ठलाई दिइएको हो ।

अध्यक्ष यादवले आफू स्वदेश नआउञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्ष भइ कार्य गर्न श्रेष्ठलाई जिम्मेवारी तोकेका छन् । अध्यक्ष यादवको अनुपस्थितिमा नेता श्रेष्ठले नै कार्यवाहक अध्यक्षका रुपमा पार्टीको काम कारबाही अघि बढाउने छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved