जनताले परिवर्तनको महसुस गर्न सकेनन्: नेता सिटौला

नेपालभ्युज

जनताले परिवर्तनको महसुस गर्न सकेनन्: नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै नेता सिटौलाले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका हुन् । “संविधान जारी भएपछि जनतामा जुन परिवर्तन हुनुपर्ने हो त्यो हुन सकेको छैन,” उनले भने ।

नेता सिटौलाले संविधानमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । “पछिल्लो समय प्रचण्ड नेतृत्वको तीनवटा फरक–फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको छ”, नेता सिटौलाले भने । पार्टीका पूर्व महामन्त्री सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पङ्क्ति एक भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्य सरिता प्रसाईंले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा कांग्रेसले संसद अवरोध गर्नुपरेको बताए । संसदमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उनको भनाई थियो ।

सम्पर्क समितिका सभापति दीपक उप्रेती, कांग्रेस नेता एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, झापा कांग्रेसका सभापति देउमान थेवेलगायतले वर्तमान परिस्थितीसँग जुध्नका लागि पार्टी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved