उपचुनाव

इलामको मतगणना बिहान ११ बजेदेखि गर्ने सहमति, सुरक्षा व्यवस्था कडा

नेपालभ्युज

इलामको मतगणना बिहान ११ बजेदेखि गर्ने सहमति, सुरक्षा व्यवस्था कडा

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।

बिहान बसेको सर्वदलिय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । बैठकमा सहभागीका अनुसार मत पेटिका भण्डारण गरिएको आधारमा गणना गरिने छ ।

फाकफोकथुमनपछि चुलाचुली, माङ्सेवुङ्, माई, दउमाइ र अन्तिममा इलाम नगरपालिकाको मत गन्ने सहमति भएको छ ।

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले इलामको गौतम बुद्ध सभा हलका दुई स्थानमा मत गणना हुने जानकारी दिए ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तार बेरा गरी सिसी टिभी समेत जडान गरिएको छ ।

इलाममा हिजो सम्पन्न उप निर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता मध्ये ६९ हजार दुई सय ८७ (५९ दशमलव ७९ प्रतिशत) मतदाताले मतदान गरेका छन् ।

इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको छ ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो। इलाम २ मा स्वतन्त्र र राजनीतिक दलका गरी १९ उम्मेदवार प्रतिष्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved