मुलुकभरको तापक्रम बढ्दो, लुम्बिनी प्रदेशका तराई क्षेत्रको तापक्रम ४० डिग्री भन्दा माथि

नेपालभ्युज

मुलुकभरको तापक्रम बढ्दो, लुम्बिनी प्रदेशका तराई क्षेत्रको तापक्रम ४० डिग्री भन्दा माथि

काठमाडौं । विगत केही दिन देखि देशका अधिकांश भू–भागको तापक्रम क्रमिक रुपमा बढिरहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा बिगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानमा हावा–हुरीको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved