खसीलाई खुवाउन रूखको हाँगा काट्नेलाई महानगरको पाँच हजार जरिवाना

नेपालभ्युज

खसीलाई खुवाउन रूखको हाँगा काट्नेलाई महानगरको पाँच हजार जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिकाले सडकपेटीमा रोपेको रूखको हाँगा काट्नेलाई जरिवाना गरेको छ ।

ललितपुर-२५ भैसेपाटी बस्ने लालबहादुर लामालाई पाँच हजार रूपैयाँ जरिवाना तिराएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।

लामाले सडकपेटीमा रहेको रूखको हाँगा काटेर खसीलाई खुवाएको पाइएको छ ।

अबदेखि त्यस्तो कार्य नगर्न भनी हस्ताक्षर गरेर लामालाई जरिवाना गरिएको हाछेथुले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved