फेरि विवादमा हर्क साम्पाङ, किन गराए निजी जग्गामा जबरजस्ती वृक्षारोपण ?

मन्दिर नजिकै चर्च बनाएको विवाद नसल्टिदैँ निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएर उनी थप चर्चामा आएका छन्, विवादमा मुछिएका छन् ।

नेपालभ्युज

फेरि विवादमा हर्क साम्पाङ, किन गराए निजी जग्गामा जबरजस्ती वृक्षारोपण ?

काठमाडौं । बेला–बेलामा अनेक फण्डा गरेर चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङ पछिल्लो समय निकै आलोचित बनेका छन् । मन्दिर नजिकै चर्च बनाएको विवाद नसल्टिदैँ निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएर उनी थप चर्चामा आएका छन्, विवादमा मुछिएका छन् ।

व्यक्तिले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गालाई सर्दु जलाधार क्षेत्रको भन्दै जबरजस्ती वृक्षारोपण गराएपछि उनी आलोचित पनि बनेका छन् । उनले जग्गाधनीलाई नगर प्रहरी लगाएर लछारपछार पार्दै वृक्षारोपण गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

स्थानीय रोशन अधिकारीले भोगचलन गर्दै आएको धरान– ४ छोटी मोरङको जग्गामा मेयर साम्पाङले जबरजस्त वृक्षारोपण गराएका हुन् । उक्त जग्गा अधिकारीको नाममा छ ।

जग्गामा पर्यटन व्यवसायी अधिकारीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका थिए ।

नगर प्रहरी लगाएर निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएका साम्पाङले विरुवा उखेले जग्गामा डोजर चल्ने चेतनावनी समेत दिएका हुन् । उनले भनेका छन्, ‘‘बिरुवा रोपेको उखेलिए डोजर चल्ने छ । अनेक पारीको मुद्दा लाग्नेछ र पुरै पब्लिक उठाएर माफिया विरुद्ध जाइलाग्ने छौ । चुप लागेर बस है !’

जग्गाधनी अधिकारी धरान नगरपालिकाका पूर्व वडाअध्यक्षसमेत हुन् ।

धरान ४ छोटी मोरङमा रहेको ४२ विगाह जग्गा सर्दु जलधारा क्षेत्रको जग्गा भएको भन्दै २०७१ साल चैत्र १७ गते सर्वोच्चमा मुद्दा दायर भएको थियो । अदालतले जग्गाधनीको पक्षमा फैसला गरेपछि उक्त जग्गा किनबेचसमेत भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved