अनलाईन सट्टेवाजी ‘एप’ चलाएको अभियोगमा बलिउड अभिनेता साहिल खान पक्राउ

नेपालभ्युज

अनलाईन सट्टेवाजी ‘एप’ चलाएको अभियोगमा बलिउड अभिनेता साहिल खान पक्राउ

काठमाडौं । भारतको छत्तीसगढको बहुचर्चित अनलाईन सट्टेवाजी खेलाउने ‘महादेव एप’का विषयमा बलिउड अभिनेता साहिल खान पक्राउ परेका छन् ।

साहिल खानलाई यो वेबसाइट चलाएको र प्रचार प्रसार गरेको अभियोगमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

खानले मुम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि अपील गरेका थिए । तर, अदालतले यो खारेज गरेपछि अभिनेता खान छत्तीसगढको बस्तरस्थित जगदलपुरमा लुकेका थिए ।

उनलाई पक्राउ गरेर मुम्बई लगिएको छ । पक्राउ परेपछि संचारकर्मीसँग उनले भारतको न्याय व्यवस्थामा पुरै विश्वास रहेको बताएका छन् ।

अनलाईन सट्टेवाजीमा मुम्बई प्रहरीले अघिल्लो हप्ता अभिनेता संजय दत्त र तमन्ना भाटियालाई पनि समन जारी गरेको थियो ।

हजारौं करोडको महादेव सट्टा एप मामिलामा भारतका इडी लगायतका निकायले पनि छानबिन गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved