काठमाडौं । बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिता खान र पति आयुष शर्माले सन् २०१४ मा विवाह गरेका थिए । र, उनीहरूको दाम्पत्य जिवनले एक दशक पार गरेको छ ।
यसबीच कयौं पटक उनीहरूको सम्बन्धविच्छेद भएको खबर भारतीय सञ्चारमाध्यममा छापिए ।
आफ्नो भर्खरको अन्तर्वार्तामा आयुषले यसबारे खुलासा गरेका छन् । उनले एक पटक जब पापाराजीले श्रीमतीसँग सम्बन्धविच्छेदको बारेमा प्रश्न सोधे तब आफू त्यो सुनेर स्तब्ध भएको बताए ।
पापाराजीको प्रश्नपछि सुरूमा आफू अचम्ममा परेको तर, पछि श्रीमती अर्पितासँग धेरै हाँसेको अभिनेताले खुलासा गरे।
उनले भने, ‘घर फर्किएपछि मैले अर्पितालाई सोधेँ हामी डिभोर्स गर्न लागेका हौं रू त्यसपछि हामी धेरै हाँस्यौं।’
अर्पिताको तारिफ गर्दै आयुषले उनी आफ्नो लागि समर्थनको स्तम्भ भएको र ठूलो आलोचक भएको बताए ।
Facebook Comment
Comment