खुट्टा ढोगेको विवादमा एलिना भन्छिन्- ‘राजाको खुट्टा पनि रानीले ढोगेका छन् नि’

नेपालभ्युज

खुट्टा ढोगेको विवादमा एलिना भन्छिन्- ‘राजाको खुट्टा पनि रानीले ढोगेका छन् नि’

काठमाडौं । विवाहपछि पनि विवादित एलिना चौहानले खुट्टा ढोगेको विवादमा लामो समयपछि प्रतिकृया दिएकी छिन् । बिहेलगतै खुट्टा ढोगेको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाए पनि केही सातापछि प्रतिकृया दिएकी हुन् ।

भिडिओमा दुई मिनेटभन्दा लामो समय लगातार खुट्टा ढोगिरहेकी छिन्, पति विष्णु सापकोटाले लगातार पैसा थपिरहेका छन् ।

‘महिला दासी वा माग्ने र पुरुषहरू दिने’ हुने भन्ने भास्यलाई स्थापित गरेको भन्दै विरोध भयो । यतिबेला भने एलिनाले यो विवादमा एक अन्तरवार्तामा मुख खोलेका छन् ।

उनले भनेकी छन्, ‘‘म लोकप्रिय गायिका सँगै कसैको श्रीमती पनि हुँ नि । म गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन मिल्दैन । भगवान् त भगवानै हो नि, तर भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको छ नि । राजाको पनि त खुट्टा रानीले ढोगेको हामीले देखेका छौँ नि ।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved