बुवा बन्दै जस्टिन बीबर

नेपालभ्युज

बुवा बन्दै जस्टिन बीबर

काठमाडौं । चर्चित क्यानेडियन पपस्टार जस्टिन बीबर बुवा बन्ने भएका छन् ।

जस्टिन र उनकी पत्नी हेली बाल्डबिनले बिहीबार राति इन्स्टाग्राम पोस्टमार्फत आफूहरूले सन्तान पाउन लागेको जानकारी गराएका हुन् ।

उनीहरुलाई अमेरिकी रियालिटी स्टार किम कार्दशियन र मोडल गिगी हदीद लगायतका चर्चित अनुहारहरूले बधाई दिएका छन् ।

विवाहको ६ वर्षपछि जस्टिन र हेली आमाबुवा बन्न लागेका हुन् ।

३० वर्षीया हेली र जस्टिनले सन् २०१८ मा अमेरिकाको न्यूयोर्क सहरमा गोप्य समारोहमा विवाह गरेका थिए ।

हेली हलिउड अभिनेता स्टीफन बाल्डविनकी छोरी हुन् । जबकि जस्टिन १३ वर्षको उमेरमा एक गायकको रूपमा विश्वभर चर्चित भइसकेका थिए ।

मोडलिङको अतिरिक्त हेली स्किनकेयर लाइन, रोडको संस्थापक हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved