बझाङमा १ बजेदेखि मतगणना सुरु हुने

नेपालभ्युज

बझाङमा १ बजेदेखि मतगणना सुरु हुने

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’ को मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

सर्वपक्षीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको जिल्ला निर्वाचन अधिकृत मनबहादुर धामीले जानकारी दिए ।

छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिनेछ । दुई स्थानमा मतगणना गरिने धामीले जानकारी दिए ।

नेकपा (एमाले)का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved