ट्याक्टर दुर्घटनामा दुई युवाको मृत्यु, दुई घाइते

नेपालभ्युज

ट्याक्टर दुर्घटनामा दुई युवाको मृत्यु, दुई घाइते

काठमाडौं । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो ।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् ।

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिबार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved