महिलाले झारिन् हर्क साङपाङको झाँको, भाग्दै हर्कले भने- ‘पख्, तिमीहरूको घर भत्काइदिन्छु’ (भिडिओ)

महिलाले अदालतको पत्र देखाउँदै ‘‘मेरो जग्गाको बिरुवा ओखल्दिन्छु’’ भनिन्। महिलाले मेयरको झाँको झारेर लखेट्न थालेपछि ‘पख् तिमिहरूको घर भत्काइदिन्छु’ भन्दै मेयर साम्पाङ भागेका देखिन्छन्।

नेपालभ्युज

महिलाले झारिन् हर्क साङपाङको झाँको, भाग्दै हर्कले भने- ‘पख्, तिमीहरूको घर भत्काइदिन्छु’ (भिडिओ)

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ स्थानीयबाट लखेटिएका छन्। अदालतको आदेश नमानेर पुन अर्काको निजी जग्गामा वृक्षारोपण गर्न गएका मेयर हर्क साम्पाङको टोली स्थानीयबाट लखेटिएका हुन्।

सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मेयर साम्पाङलाई एक महिलाले थर्काइरहेको देखिन्छ। केही युवा र महिलाले थर्काएपछि मेयर साम्पाङप्रति जाइलागेको देखिन्छ।

मेयर साम्पाङलाई आक्रमण गर्न लागेपछि दुईजना नगर प्रहरीले उनीहरूलाई रोकेका देखिन्छन्। मेयर साङपाङ लखेट्ने महिलाले आफ्नो ‘जग्गामा नआइजो भनेको होइन’ भन्दै मेयर साम्पाङलाई हकारेकी छिन्।

ती महिला भन्छिन्, ‘‘अदालतको पत्र हेर्नुभएन। मेरो जग्गा नआउनु भनेको होइन।’’

जवाफमा मेयर साम्पाङले ‘‘कहाँ नआइज भन्यो, बढ्ता कुरा नगर्नुस् है’’ भनेका छन्।

महिलाले अदालतको पत्र देखाउँदै ‘‘मेरो जग्गाको बिरुवा उखेलिदिन्छु’’ भनेपछि मेयर हर्कले महिलाले मेयरको झाँको झारेर लखेट्न थालेपछि ‘पख् तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै मेयर साम्पाङ भागेका देखिन्छन्।

भिडिओ-

भागेपछि साँझ मेयर साङपाङले फेसबुकमा आफूमाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै ती व्यक्तिहरूलाई पक्राउ नगरे आफूले मुद्दा हाल्ने चेतावनी दिएर लेखे।

साम्पाङले केही दिनअघि सर्दु जलाधार क्षेत्रमा गएर व्यक्तिगत जग्गामा गएर वृक्षारोपण गरेका थिए। सो सम्बन्धमा जग्गा धनीको निवेदनपछि अदालतले समेत वृक्षारोपण नगर्न आदेश दिएको थियो। तर, मेयर साम्पाङ पुनः त्यो ठाउँमा पुगेपछि स्थानीय महिला आक्रोशित भएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved