कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

नेपालभ्युज

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

काठमाडौं । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

खापुङले बुधबार राति मात्रै संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । कार्कीले बिहीबार बिहान एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा दाबी पेस गरेका थिए।

कार्कीको दाबीपछि खापुङले समर्थन गर्ने सांसदहरूको सनाखत लिएका थिए ।

प्रदेश सभाको यही कार्यकालमा कोशीको मुख्यमन्त्रीमा कार्की तेस्रो पटक नियुक्त भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved