धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

नेपालभ्युज

धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बाली संरक्षण गर्न खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लाग्दा बटेश्वर गाउँपालिका २ धुमासनका २३ वर्षीय अमरेश कुमार महतोको मृत्यु भएको हो ।

बुधवार दिउँसो घाँस लिन निस्केका अमरेशको शव विहिवार मात्र स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उत्तरी भेगमा निलगाइको आतंकलाई रोक्न खेतमा किसानले विद्युतीय बार लगाउने गरेका हुन् ।

निलगाइबाट परबल बाली जोगाउन खेतमा लगाइएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर अमरेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved