मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबीप्रति प्रदेश प्रमुखले सनाखत गरेर मात्रै निर्णय लिने

हस्ताक्षर गरेका सांसदहरूलाई बोलाइयो प्रदेश प्रमुखको कार्यालय

नेपालभ्युज

मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबीप्रति प्रदेश प्रमुखले सनाखत गरेर मात्रै निर्णय लिने
फाइल फोटो

काठमाडौं । मुख्यमन्त्रीका लागि हिक्मत कार्कीले पेस गरेको दाबीमाथि निर्णय लिनुअघि प्रदेश प्रमुख परशुराम खापुङले सनाखत गराउने भएका छन्।

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार, बिहीबार दिउँसो १२:३० बजे दाबीकर्ता कार्कीका समर्थनमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरूलाई बोलाइएको छ।

प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा प्रदेश सभा सदस्यको परिचय खुल्ने परिचय-पत्रसाथ उपस्थित हुन भनिएको छ।

प्रदेश प्रमुख खापुङले बुधबार राति नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। सोही अनुसार बिहीबार बिहान साढे ११ बजे एमाले संसदीय दलका नेता हिक्मत कार्कीले एमाले र माओवादी केन्द्रका ५२ सांसदको हस्ताक्षरयुक्त समर्थनसहित दाबी पेस गरेका थिए।

उनको दाबीमाथि निर्णय लिनुअघि प्रदेश प्रमुखले ‘विश्वसनीय आधारसहित दिगो सरकार गठनका लागि’ भन्दै सनाखत गराउन चाहेका हुन्।

यसअघि केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि पनि उनले समर्थक सांसदहरूको सनाखत गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved