आलेख

विद्युतीय सञ्चारभन्दा पुस्तकको युगमा लोकतन्त्र बलियो थियो

सूचनातन्त्रमा विमर्शको कुनै स्थान हुँदैन । सूचनातन्त्र सूचना युद्धको हतियार हो । समाजिक सञ्जालका ‘ट्रोल सेना’ सूचना युद्धका लडाकु हुन् । फेक न्युज र षड्यन्त्र सिद्धान्तले लडिने युद्ध यति निर्मम हुन्छ कि, त्यसले सत्यलाई सास फेर्ने अवसर नै दिँदैन।

विद्युतीय सञ्चारभन्दा पुस्तकको युगमा लोकतन्त्र बलियो थियो

सूचना र सञ्चारको सुनामी स्वाभाविक मात्र हैन, यसको उन्माद स्तब्धकारी र मान्छेलाई मुर्ख बनाउने खालको छ । यसले विध्वंशक शक्तिलाई फैलाउँदैछ । लोकतान्त्रिक प्रक्रियामा धेरै ठूला गल्ती र अवरोध सिर्जना गरेर विश्व राजनीतिलाई हातमा लिँदैछ । लोकतन्त्र मिडियातन्त्र हुँदै ‘सूचनातन्त्र’ (इन्फोक्रेसी) मा परिणत हुँदैछ।

लोकतान्त्रिक युगको प्रारम्भमा किताब ज्ञान र बहसको केन्द्रीय माध्यम थियो । पुस्तकले ज्ञानयुक्त विमर्शको बाटो खोलेको थियो । पुस्तक र लोकतान्त्रिक जनताबीच घनिष्ठ सम्बन्ध थियो । किताब सभ्रान्तदेखि सर्वसाधारणसम्मले पढ्थे, ती सार्वजनिक जीवनको केन्द्रमा हुन्थे । निजी क्षेत्रको केन्द्रबाट उत्पन्न सार्वजनिक सञ्चार तुलनात्मकरूपमा सघन थियो।

छापाखाना नभएको भए कुनै प्रबोधन हुने थिएन । तर्कना र तर्कप्रणालीको संस्कृति हुने थिएन । पुस्तक संस्कृतिमा सार्वजनिक विमर्श तार्किकरूपमा सुसंगत हुन्छ । विचार र तथ्यको सुसंगत व्यवस्था हुन्छ । उन्नाइसौं शताब्दिको सार्वजनिक विमर्श जो पुस्तक संस्कृतिमा आधारित थियो, त्यो आजको भन्दा धेरै जटिल, खँदिलो र व्यापक थियो ।

रिपब्लिकन अब्राहम लिंकन र डेमोक्र्याट्स स्टेफेन डगलसबीचको प्रसिद्ध सार्वजनिक बहस त्यसको विचित्रको उदाहरण हो । सन् १८५४ को एक बहसमा डगलस पहिला ३ घन्टा बोले । लिंकनलाई त्यसको जवाफ दिन ३ घन्टा नै दिइयो । त्यसपछि डगलस फेरि १ घन्टा बोले । दुवै वक्ताले जटिल राजनीतिक तथ्यमाथि छलफल गरे । उत्तिकै जटिल सूत्रहरू उपयोग गरे र उपाय सुझाए।

स्रोताहरूले एकाग्रताको असाधारण शक्ति प्रदर्शन गरे । त्यो बेला स्रोताका लागि सार्वजनिक विमर्शमा सहभागिता सामाजिक जीवनको अविभाज्य तत्व थियो। विद्युतीय आम सञ्चारले पुस्तक संस्कृतिले सिर्जना गरेको तर्कसंगत विमर्शलाई नष्ट गरी मिडियातन्त्र उत्पादन गर्दछ । ‘इलेक्ट्रेनिक मास मिडिया’ को एक विशेषः ‘आर्किटेक्टोनिक डिजाइन’ छ । यसको संरचना अखडाजस्तो छ । यसका प्रापकले ज्ञान र विमर्शको ‘निष्क्रिय निन्दा’ गर्दछन्। ह्वाबरमसको भनाइ छ कि सार्वजनिक क्षेत्रमा लोकतान्त्रिक क्षयका लागि आमसञ्चार जिम्मेवार हुन्छ।

नयाँ मिडियाले दिने संक्षिप्त समाचारले प्रापकहरूको प्रतिक्रियालाई अनौठो गरी संकुचन गर्दछ । यिनले जनताको आँखा र कानलाई आफ्नो मन्त्रमुनि तान्छन् नै, साथै टाढैबाट संरक्षकत्व गरी जनतालाई बोल्ने र असहमत हुने अवसरबाट वञ्चित गर्दछन्। आलोचनात्मक अध्ययनले स्वाद र प्राथमिकताको विनियम गराउँछ । मिडियातन्त्रले भने राजनीतिलाई आमसञ्चारको अधिनमा लैजान्छ।

मिडियातन्त्र एक प्रकारले ‘थिएटरतन्त्र’ हो । ‘थिएटरतन्त्र’ मा राजनीति आमसञ्चार माध्यममा मञ्चित घटना श्रृंखलामा सीमित हुन्छ । रोनाल्ड रेगनको पालाको अमेरिकी राजनीति यसको उच्च अभ्यास थियो । टेलिभिजनका बहसमा तर्कको गुणस्तर हैन, हाउभाउको प्रर्दशन गणनायोग्य मानिन्थ्यो। राष्ट्रपतीय उम्मेद्वारलाई बोल्न दिइएको समय सीमित हुन्थ्यो । उनीहरूले बोल्ने तरिका फेरेका थिए।

राजनीतिक मामिलालाई कसरी अभिव्यक्त गर्ने भन्ने कुरा ‘मनोरञ्जनका सिद्धान्त’ ले निर्धारण गर्दछ । तर्क संगतिलाई कम आँकिन्छ । अमेरिकी मिडिया सिद्धान्तकार नील पोस्टम्यानले आफ्नो किताबमा सूचना–मनोरञ्जनले कसरी न्याय क्षमतालाई क्षयीकृत गर्दछ र लोकतन्त्रलाई संकटमा डुबाउँछ, लोकतन्त्र ‘टेलिक्रेसी’ बन्छ भनेर देखाएका छन । विद्युतीय संचारको उच्च प्राथमिकतामा मनोरञ्जन हुन्छ र राजनीतिको प्राथमिकता पनि अब मनोरञ्जन नै बन्छ । फलतः हामी मान्छेमा न्यायिक निर्णय क्षमताको कमी देख्न थाल्दछौं।

मिडियातन्त्र एक प्रकारले ‘थिएटरतन्त्र’ हो । ‘थिएटरतन्त्र’ मा राजनीति आमसञ्चार माध्यममा मञ्चित घटना श्रृंखलामा सीमित हुन्छ । रोनाल्ड रेगनको पालाको अमेरिकी राजनीति यसको उच्च अभ्यास थियो । टेलिभिजनका बहसमा तर्कको गुणस्तर हैन, हाउभाउको प्रर्दशन गणनायोग्य मानिन्थ्यो। राष्ट्रपतीय उम्मेद्वारलाई बोल्न दिइएको समय सीमित हुन्थ्यो । उनीहरूले बोल्ने तरिका फेरेका थिए। चुनाव जित्नका लागि उम्मेद्वारले राम्रो स्व-प्रस्तुति गर्ने भए । बहस व्यावसायिक सो र नारामा सीमित भयो। राजनीतिक विषयवस्तुले कमभन्दा कम महत्त्व पाए। राजनीतिको खोक्रोपन विद्युतीय छवि–निर्माणमा साँघुरियो । रेडियोहरू मुख्यतः संगीत उद्योगका स्वार्थ हुने भए ।

आज टेलेस्क्रिन वा टेलिभिजन स्क्रिन ‘टचस्क्रिन’ बाट प्रतिस्थापन भएका छन्। स्मार्टफोन आधिपत्यको नयाँ माध्यम बनेको छ । सूचना शासनमा मानिस मनोरञ्जनका लागि समर्पित निष्क्रिय दर्शक मात्र रहेनन्, सबै सक्रिय ट्रान्समिटर हुन पुगे । सञ्चार लत र बाध्यताजस्तो भयो । यसले मान्छेमा नयाँ प्रकारको अपरिपक्वताको स्थिति निम्त्यायो । डिजिटल मिडियाको युगमा सार्वजनिक सञ्चार आमसञ्चारका मनोरञ्जनात्मक ढाँचाबाट मात्र हैन, भाइरल फैलाव र तीव्र विस्तारको ‘इन्फोडेमिक’ धम्कीसम्म पुग्यो । डिजिटल मिडियाले सार्वजनिक क्षेत्रलाई विभक्त गर्ने केन्द्राभिमुख शक्ति प्रदर्शन गर्‍यो । आम सञ्चारको ‘अखडीय संरचना’ ले डिजिटल मिडियालाई ‘हावादारी संरचना’ को मार्ग प्रशस्त गर्‍यो, जसको कुनै केन्द्र हुँदैन।

अब सार्वजनिक क्षेत्र निजी क्षेत्रमा परिणत भए । हाम्रो ध्यान सामाजिक तथा सान्दर्भिक सवालमा निर्देशित हुनुभन्दा छरपष्ट भयो । समाज ध्रुविकृत भयो र लोकतान्त्रिक राजनीतिको स्वाद, गरिमा र गुणस्तर घट्न थाल्यो। सूचनातन्त्रले सतहमा हेर्दा लोकतन्त्रलाई हानी पुर्‍याएको जस्तो लाग्दैन । तर, यसको संकट संज्ञानको तहमा सुरुवात हुन्छ । यस्तो अवस्थामा सूचना मात्रै सान्दर्भिक हुन्छ, तर, धारणाको खण्डीकरण हुन्छ । सूचनाको तीव्रताले संज्ञानात्मक प्रणालीलाई अस्थीर बनाउँछ । ज्ञान, अनुभव र अन्तर्दृष्टि जस्ता संज्ञानात्मक अभ्यास पछाडि धकेलिन्छन् । सूचना र संकथनबीच दूरी सिर्जना हुन्छ र अस्थायी निरन्तरता उत्पन्न हुन्छ।

आजको समय सबै तहमा छरपष्ट छ । जीवन र धारणालाई स्थिर गर्न सहयोग गर्ने वास्तुकला निरन्तर नष्ट हुँदैछन् । सामान्यतः क्षणिक सूचना प्रवृत्ति भएको समाज लोकतन्त्रका लागि अनुकूल हुँदैन । सार्वजनिक विमर्श एक समय–सघन अभ्यास हो । ठीक त्यसैगरी विवेकतन्त्र पनि समय–सघन हुन्छ। विवेकपूर्ण निर्णयमा पुग्न लामो सन्दर्भ चाहिन्छ । त्यस्ता निर्णय विगत र भविष्यका चालसँग सम्बन्धित हुन्छन्। सूचना समाजमा विवेकपूर्ण निर्णयका लागि समय नै हुँदैन ।

द्रुत सञ्चारको बाध्यताले हामीलाई तर्कसंगताबाट वञ्चित गर्दछ । क्षणिकताको दबाबमा हामी विवेकको साटो बुद्धि रोज्छौं । बुद्धिको एक आफ्नै बिल्कुलभिन्न क्षणिकता हुन्छ। बुद्धिको कार्य अल्पकालीन समाधान र सफलता हो । द्रुत सफलता र क्षणिक उन्नतिका लागि अधिक बुद्धि प्रयोगले विवेकपूर्ण विमर्श आज प्रभावकारी सञ्चारको जोखिममा परेको छ । विवेकसंगत विमर्शभन्दा द्रुत सञ्चारको अपिल प्रभावकारी हुने हुँदा हामी आफैंले त्यसो हुन दिएका छौं ।

प्रभावकारी सञ्चारमा राम्रा तर्कले हैन, चाखलाग्दा सूचनाले महत्त्व पाउँछ । ‘फेक न्युज’ तथ्यभन्दा बढी रमाइला हुन्छन्। खण्डित र विषयवस्तुहीन सूचना भएको एक ट्विट कारणयुक्त तर्कभन्दा बढी प्रभावकारी हुन सक्दछ । यही कारणले ट्रम्पले ट्विटको व्यापक प्रयोग गरे । ट्रम्प पहिलो ट्विटर राष्ट्रपति थिए । उनको राजनीति कुनै दूरदृष्टिद्वारा हैन, भाइरल सूचनाद्वारा निर्धारित थियो।

सूचनातन्त्रमा मतदाताले पार्टीका राजनीतिक कार्यक्रम थाहा पाउँदैनन् । केवल घुसपैठिया निर्वाचन विज्ञापन अक्सर झुटा समाचार मात्र प्राप्त गर्दछन् । यस प्रकारका विज्ञापन र झुटा समाचार लोकतन्त्रका लागि खतरा हुन् । यसले मतदानको पवित्रता र प्रभावकारितालाई समाप्त गर्दछ । मतदान कुनै शक्ति पिपासुलाई सत्तामा पुर्‍याउन भर्‍याङ मात्र बन्छ । ध्रुविकृत समाज तर्कसंगत विमर्शका लागि विषसरह हो।

सूचनातन्त्रले सफलता–अभिमुख कामकारबाहीलाई प्रवर्द्धन गर्दछ र अवसरवादको विस्तार गर्दछ । अमेरिकी गणितज्ञ क्याथी ओनिलले ट्रम्पका क्रियाकलापलाई ‘अवसरवादको अल्गोरिदम’ भनेका थिए । क्षणिक प्रतिबद्धता छिटो शक्ति प्राप्त गर्ने सिद्धान्त मात्र हुन् । आज स्मार्टफोन ‘साइकोमेट्रिक’ औजार बन्न पुगेको छ । यसले मान्छेको व्यक्तित्वलाई ‘साइकोमेट्रिक प्रोफाइलिङ’ गर्दछ । मान्छेको व्यक्तित्वलाई त्यसरी प्रस्तुत गरिँदैन, जो ऊ हो । त्यसरी गरिन्छ, जे उपभोक्ताले चाहन्छन्। भोट दिनु अब सार्वभौम नागरिकको न्यायपूर्ण छनोट क्षमतामा रहँदैन । त्यो ‘उपभोक्ता आचारण’ को अंग बन्दछ।

सूचनातन्त्रमा मतदाताले पार्टीका राजनीतिक कार्यक्रम थाहा पाउँदैनन् । केवल घुसपैठिया निर्वाचन विज्ञापन अक्सर झुटा समाचार मात्र प्राप्त गर्दछन् । यस प्रकारका विज्ञापन र झुटा समाचार लोकतन्त्रका लागि खतरा हुन् । यसले मतदानको पवित्रता र प्रभावकारितालाई समाप्त गर्दछ । मतदान कुनै शक्ति पिपासुलाई सत्तामा पुर्‍याउन भर्‍याङ मात्र बन्छ । ध्रुविकृत समाज तर्कसंगत विमर्शका लागि विषसरह हो।

सबैका लागि इन्टरनेटको पहुँचले आ-आफ्ना सूचना च्यानल सिर्जना गर्दछ । डिजिटल सूचना प्रविधिले सूचनाको उत्पादन लागत निकै कम लगभग शून्य बनाउँछ । ट्विटर एकाउन्ट वा युट्युब च्यानल केही मिनेटको हातको खेल हो । हिजो आमसञ्चारको उत्पादन लागत निकै धेरै थियो । नयाँ च्यानल स्थापित गर्न निकै धेरै मेहनत गर्नुपर्दथ्यो । आम सञ्चार पूर्वाधारमा ‘फेक न्युज’ उत्पादन गर्ने आधार कमजोर हुन्थे । टेलिभिजनले केही भ्रम सिर्जना गर्न सक्दथ्यो तर ‘फेक न्युज’ भन्न सक्दैनथ्यो ।

‘टेलिक्रेटिक’ मिडियातन्त्र ‘मनोरञ्जन सो’ मा आधारित थिए तर गलत सूचना र समाचार भन्दैनथे । डिजिटल नेटवर्कले लोकतन्त्रमाथि ‘इन्फोक्रेटिक’ संरचना शर्तका व्यवधान ल्यायो । मिडियातन्त्रमा ज्ञान र योजनाको युद्धबाट बहसको युद्ध मैदान बनेको निर्वाचन सूचनाको युद्ध मैदानमा रूपान्तरण भयो। ट्विटर मिडियातन्त्र हैन, सूचनातन्त्रको क्षेत्र हो । रोनाल्ड रेगनलाई जस्तो ट्रम्पलाई कुनै राम्रो ‘परफर्मेन्स’ गर्नु थिएन । उनलाई यसमा कुनै रुचि पनि थिएन । उनले निर्दयी सूचना युद्धको नेतृत्व गरे।

आज सूचना युद्ध सबै सम्भाव्य प्रविधि र मनोवैज्ञानिक माध्यम प्रयोग गरेर लडाइँदैछ । ‘इन्टरनेट ट्रोल’ सिपाही प्रणालीगत तरिकाले फेक न्युज र षड्यन्त्र सिद्धान्त वितरण गर्दै निर्वाचनको मैदानमा हस्तक्षेप गर्दैछन् । सामाजिक सञ्जाल सामाजिक ‘निर्माण–परिचालन–अन्तरण’ का स्वचालित औजार हुन, जो वास्तविक मानिस भएको बहानामा पोस्ट, ट्विट, लाइक र सेयर गर्दछन् । तिनले नक्कली समाचार र घृणायुक्त टिप्पणी फैलाउँछन्।

सामाजिक सञ्जालमा यसरी ‘नागरिक’ लाई ‘रोवोट’ ले प्रतिस्थापन गरिएको छ । रोबोटहरू हल्ला सिर्जना गर्दछन् जसले नागरिकको ‘मुड’ उत्पादन गर्दछ, त्यो पनि शून्य सीमान्त लागतमा । यसरी राजनीतिक बहस गम्भीर बेवास्ताको शिकार हुन्छ। तिनले कृत्रिम रूपमा निश्चित एकाउन्टका फोलोअर्स बढाउँछन् । यसले निश्चित दृष्टिकोणलाई शक्तिको मुखुन्डो दिन्छ ।

सामाजिक सञ्जालमा यसरी ‘नागरिक’ लाई ‘रोवोट’ ले प्रतिस्थापन गरिएको छ । रोबोटहरू हल्ला सिर्जना गर्दछन् जसले नागरिकको ‘मुड’ उत्पादन गर्दछ, त्यो पनि शून्य सीमान्त लागतमा । यसरी राजनीतिक बहस गम्भीर बेवास्ताको शिकार हुन्छ। तिनले कृत्रिम रूपमा निश्चित एकाउन्टका फोलोअर्स बढाउँछन् । यसले निश्चित दृष्टिकोणलाई शक्तिको मुखुन्डो दिन्छ । त्यसले सामाजिक सञ्जालको माहोललाई निश्चित तथा प्रयोजित दिशातिर लैजान्छ।

सामाजिक सञ्जालले मतदाताको निर्णयलाई सीधै प्रभावित गर्दैनन् । तर, त्यस्तो एक घुसपैठिया वातावरण बनाउँछन्, जसमा रहेर मतदाताले निर्णय बनाउनुपर्दछ । मतदाता सामाजिक सञ्जालको माहोलबाट यसरी प्रभावित हुन्छन् कि त्यसका जोखिमप्रति कुनै सावधानीको भावना उत्पन्न हुँदैन। जब निर्वाचनको लडाइँ सूचना युद्धको रूपमा देखापर्दछ, त्यतिखेर राम्रो तर्क हैन, ‘बौद्धिक अल्गोरिदम’ ले बढी महत्त्व राख्दछ।

सूचनातन्त्रमा विमर्शको कुनै स्थान हुँदैन । सूचनातन्त्र सूचना युद्धको हतियार हो । सूचनातन्त्रले फेक न्युज र षड्यन्त्र सिद्धान्त लाखौं मानिसमा पुर्‍याइयो भने त्यसले निर्वाचन नतिजाको रूप लिन्छ भन्ने विश्वास गर्दछ । र समाजिक सञ्जालका ‘ट्रोल सेना’ सूचना युद्धका लडाकु हुन् । फेक न्युज र षड्यन्त्र सिद्धान्तले लडिने युद्ध यति निर्मम हुन्छ कि, त्यसले सत्यलाई सास फेर्ने अवसर नै दिँदैन। सत्यको निर्णायक स्थान विना लोकतन्त्रले मार्गदर्शन मात्र हैन, मर्म पनि गुमाउँछ।

आज सूचनाको घना जंगलमा लोकतन्त्र हराउँदैछ । तथाकथित ‘मिम’ हरूले निर्वाचन लडाइँको सुचना युद्धमा केन्द्रीय भूमिका गर्दछन् । मिम भनेका सामाजिक सञ्जालमा भाइरल हुने छोटा भिडियो, उत्तेजक नारा र मिलाइएका फोटो हुन् । सन् २०१६ र २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनलाई कतिपयले ‘महान मिम युद्ध’ को संज्ञा दिएका थिए । गम्भीर बहस र सत्य मिमजस्तै भाइरल हुँदैनन् । सञ्चारको बढ्दो दृष्यता लोकतान्त्रिक बहसको अतिरिक्त व्यवधान हो । किनकि, विद्युतीय छविहरूले सत्यलाई न्याय गर्ने तर्क गर्दैनन् । लोकतन्त्र एक ढिलो तर निकास दिने प्रक्रिया हो । यसले समय लिन्छ । सत्य, तर्क र न्यायलाई भाइरल गतिमा गुणान हुने वा फैलिने ट्विट वा मिममा प्रस्तुत गर्न सकिँदैन ।

सार्वजनिक विमर्शको तर्कसंगत चित्रण भाइरल मिडियाका लागि ‘एलियन’ जस्तै हो । सुचनातन्त्रको आफ्नै लौकिकता छ । यसले आफ्नै तर्क र प्रणाली अपनाउँछ । सत्य र झुटको परिभाषाभन्दा बाहिर यसको आफ्नै मर्यादा छ । सुचनातन्त्रको पहिलो नियम फेक न्युज हो । फेक न्युजले रुजु र प्रामाणिक हुनुअगाडि नै आफ्नो प्रभाव देखाउँछ।

सूचनातन्त्रको झुट सत्यभन्दा धेरै अगाडि हुन्छ, सत्यले त्यसलाई पक्रिनै सक्दैन । सूचनाको बाढी र सत्यलाई जोडने प्रयास असफल हुन्छ । किनकि, सूचनातन्त्रले सत्यसँग प्रतिरोध गर्दछ ।

(लेखक दक्षिण कोरियाली मूलका जर्मन दार्शनिक हुन् । उनको एक थेसिस ‘इन्फोक्रेसी’ बाट यो आलेखको सम्पादित र संक्षिप्त अनुवाद गरिएको हो )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved