डढेलो वस्तीमा पस्दा काभ्रेको रोशीमा १५ घर जलेर नष्ट

नेपालभ्युज

डढेलो वस्तीमा पस्दा काभ्रेको रोशीमा १५ घर जलेर नष्ट

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको सानोपोटा गाउँमा आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भएका छन् ।

वस्ती नजिकैको सामुदायिक वनबाट फैलिएको आगो वस्तीमा पस्दा १५ घर र १० वटा गोठ जलेर नष्ट भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनमा लागेको डढेलो भने अझै नियन्त्रणमा आएको छैन ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved