लखनउसँग मुम्बई ४ विकेटले पराजित, प्ले अफमा पुग्न मुम्बईलाई कठिन

नेपालभ्युज

लखनउसँग मुम्बई ४ विकेटले पराजित, प्ले अफमा पुग्न मुम्बईलाई कठिन

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लखनउ सुपर जाएन्ट्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ ।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेटायो । लखनउको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाएका थिए ।

यस्तै कप्तान केएल राहुलले भने २२ बलमा २८ रन मात्र जोड्न सके ।

मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट , नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

जित पछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ । यो हारले मुम्बई प्लेअफमा पुग्ने सम्भावना कठिन देखिएको छ ।

आइपिएलमा आज चेन्नई र पञ्जाब भिड्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved