विनोद चौधरीको अवैध धन्दालाई जनप्रतिनिधिले साथ दिएको भन्दै अख्तियारमा उजुरी

स्थानीयले आफ्नो तीव्र विरोधका बाबजुद अवैधरूपमा परियोजना बनाउन वडा कार्यालयदेखि महानगरसम्मका जनप्रतिनिधि र कर्मचारीले साथ दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न आग्रह गरेका हुन्।

नेपालभ्युज

विनोद चौधरीको अवैध धन्दालाई जनप्रतिनिधिले साथ दिएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं। ललितपुरको कुपण्डोल हाइट (बखुण्डोल)मा अवैधरूपमा निर्माणाधीन समिट अपार्टमेन्ट होटल बनाउन स्थानीय जनप्रतिनिधिले नै साथ दिएको भन्दै स्थानीयले अख्तियारमा मुद्दा दर्ता गराएका छन्।

स्थानीयले आफ्नो तीव्र विरोधका बाबजुद अवैधरूपमा परियोजना बनाउन वडा कार्यालयदेखि महानगरसम्मका जनप्रतिनिधि र कर्मचारीले साथ दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न आग्रह गरेका हुन्।

मंगलबार दिउँसो दर्ता गरिएको उजुरीको दर्ता नम्बर सी ०५४३२४ छ। ललितपुर महानगर वडा नम्बर १, २, १८ र २५ का बासिन्दाले उजुरी गरेका हुन्। चौधरी ग्रुपको अराजकताले आफ्नो घरको गाह्रो चर्किएको र घर भत्किने जोखिम रहेको भन्दै आफूहरूले पहिल्यै उजुरी दिएको पनि उल्लेख छ। तर, अवैध धन्दावालाकै प्रभावमा परेका जनप्रतिनिधिले आफूहरूको गुनासो नसुनेको बखुण्डोलका बासिन्दाको भनाइ छ।

विनोद चौधरीले अर्काको जग्गा हत्याएर अपार्टमेन्ट बनाउँदा भासियो वरपरका घर, दर्जन परिवारको बिल्लीबाठ

ठूलो संरचना बनाउन नमिल्ने भनिएको ठाउँमा १६ तलासम्मको अपार्टमेन्ट बनाउन सुरु गरिएको थियो। कुनै निकायबाट पनि अनुमति नलिई १८ रोपनी जग्गामा काम थालेपछि आफूहरूले रोक्न खोजे पनि जनप्रतिनिधि मौन रहेको उजुरीमा भनिएको छ।

‘‘बखुण्डोलमा बिना अनुमति र विना नक्सापास थालिएको समिट अपार्टमेन्ट वरपरको घर नै भासिने डर भएको घटना मेयर चिरिबाबु महर्जनले पैसा लिएर मिलाउन हामी स्थानीयलाई सम्झाई-बुझाई गरेको र मिडियामा आफूलाई थाहा नभएको अव्यिक्ति दिएका छन्,’’ उजुरीमा भनिएको छ।

उजुरीमा ललितपुर महानगरपालिकाको वडा नम्बर २५ को सैँबु भैँसेपाटीमा चौधरी ग्रुपले बनाउँदै गरेको अर्को आयोजनाबारेमा पनि उल्लेख छ। सीजी प्रिमियम हिल्स बनाउने क्रममा सार्वजनिक जग्गा मिचिएको, अनधिकृतरूपमा ट्रक, तथा ट्रिपर ओहोर-दोहोर गराएको भनिएको छ।

किर्ते गरेर हत्याइएको थियो चौधरीले अपार्टमेन्ट बनाइरहेको बखुन्डोलको बहुमूल्य जग्गा

उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको छ। अख्तियारका एक अधिकारीले भने ‘‘उजुरी परेपछि छानबिन गर्नु पर्नेु हन्छ। यसअघि विभिन्न मिडियामा आएका समाचारलाई समेत मानेर उजुरीमाथि छानबिन गर्ने तयारी गरेका थियौँ। भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्छौँ।’’ अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम अनुसन्धान अघि बढाउने अख्तियारले जनाएको छ।

महानगरकै साथ मिलेपछि चौधरी ग्रुप (सीजी)का अध्यक्ष तथा सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहले कामलाई निरन्तरता दिएपछि आफूहरूको उठिबास भएको पीडितको भनाइ छ।

१६ तलासम्मको ठूलो संरचना बनाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र नक्सा पास गर्नैपर्छ । तर, त्यो कानुनलाई चुनौती दिँदै काम थालिएपछि दर्जन परिवारको उठिबास लागेको छ। त्यो भवितव्यको आकलन गरेका स्थानीयले भने पहिला नै महानगरमा उजुरी गरेका थिए।

विनोद चौधरीको अवैध धन्दालाई महानगरको साथ, उजुरीको बेवास्ता गर्दा धेरैको उठिवास

ललितपुर महानगरपालिका–१ बखुण्डोलका स्थानीय ऋगध्वज विष्टले तीन महिनाअघि नै महानगरमा उजुरी दिए पनि उजुरीमाथि कुनै सुनुवाइ भएन । अन्ततः घर भासिएपछि उनी र उनका केही छिमेकी विस्थापित भएका छन्।

कोरोना महामारीपछि बन्द भएको ललितपुरको बखुण्डोलस्थित समिट होटल भएको ठाउँमा पाँचतारे लक्जरी अपार्टमेन्टसहितको नयाँ होटल बनाउन लागिएको हो। १ अर्ब ८० करोड डलर सम्पत्तिसहित विश्व अर्बपति सूचीमा रहेका व्यापारी तथा सांसद विनोद चौधरीले केही साझेदारसँग मिलेर ललितपुरको बखुण्डोलमा अपार्टमेन्ट बनाइरहेका छन्।

विनोद चौधरीको अवैध धन्दालाई साथ दिने जनप्रतिनिधिविरुद्ध अनुसन्धान थाल्दै अख्तियार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved