आईजीपी कुँवर देशबाहिर रहेको बेला काठमाडौं र अपराध महाशाखाका एसएसपीको सरुवा

नेपालभ्युज

आईजीपी कुँवर देशबाहिर रहेको बेला काठमाडौं  र अपराध महाशाखाका एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका एसएसपीहरूको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एसएसपीहरूको सरूवा गरेको हो ।

जसअनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी वसन्त रजौरे जिल्ला प्रहरी परिसर काठमाडौंमा सरूवा भएका छन् ।

प्रहरी परिसर काठमाडौंका प्रमुख तथा भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरूवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी)वसन्त कुँवर देशबाहिर रहेको बेला एसएसपीहरूको सरूवा भएको हो ।

कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved