बोधिचित्त रुख काटिएको घटनाको अनुसन्धानमा सीआईबीको टोली, फेसबुकमा धम्काउने व्यक्ति हिरासतमा

नेपालभ्युज

बोधिचित्त रुख काटिएको घटनाको अनुसन्धानमा सीआईबीको टोली, फेसबुकमा धम्काउने व्यक्ति हिरासतमा

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बोधिचित्तको रुख कटानको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली खटिएको छ ।
सीआईबीका एक इन्सपेक्टरको कमाण्डमा टोलीले अनुसन्धान थालेको छ ।
टोली काभ्रेमा छ । घटना अझैसम्म नसुल्झिएपछि सीआईबीको टोली लागेको हो । २९ चैतको राति बोधिचित्तको रुख कटान भएको थियो ।

संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

यो प्रकरणमा थुप्रै मान्छेलाई पक्राउ गरेर सोधपुछ गरिएको छ । अहिले दुर्गालाल तामाङ, मानबहादुर तामाङ र श्यामकृष्ण मैनाली गरी तीन जना मात्रै प्रहरी हिरासतमा छन् ।

हिरासतमा रहेका मानबहादुर तामाङले नै २२ फागुनमा बोधिचित्त रुखका धनी शेरबहादुर तामाङलाई फेसबुकमार्फत धम्की दिएका थिए ।

रुख वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई बिक्री भइसकेको थियो । सत्यमान लामा र सन्दीप त्रिपाठीले रुख किनेका थिए । अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved