८१ वर्षीय वृद्धलाई ओछ्यानमै सामाजिक सुरक्षा भत्ता 

नेपालभ्युज

८१ वर्षीय वृद्धलाई ओछ्यानमै सामाजिक सुरक्षा भत्ता 

काठमाडौं । मल्लरानी गाउँपालिका ३ मुन्डाँडा निवासी ८१ वर्षीय दुर्गाबहादुर पौडेलले ओछ्यानमै सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

वृद्ध वृद्धाहरूका लागी सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता आइतबार मल्ल रानी गाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले दुर्गा बहादुरको घरमै बैंकका कर्मचारी लगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका हुन् ।

आइतबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंक खलंगा शाखाका प्रमुख विन्जुन बस्नेत सहितको टिम मुन्डाँडामा रहेको जनकल्याण आधारभूत विद्यालय चौथिलगाउनेमा भत्ता वितरण गर्न पुगेका थिए ।

बिरामी परी बिस्तारामा थलिएका दुर्गाबहादुर घर नजिकैको विद्यालयमा समेत पुग्न नसकेपछि बैंकका कर्मचारीसँग सहजिकरण गरी घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडाध्यक्ष नोमराज पौडेलले बताए ।

वडाध्यक्ष पौडेलले भने, ‘‘केहिदिन पहिले बिरामी परेका गाउँका माइलाबालाई भेट्न घरमै पुगेको थिए उनले भने, सोही बेला उहाँले सासैसासले मेरो भत्ता कहिले आउँछ बाबु भनेको सुन्दा म झनै भावुक भएपछि घरमै भत्ता पुर्‍याएको हुँ ।”

आफ्नो वडाका नागरिकलाई घरमै पुगेर सेवा गर्न पाउँदा खुसी महसुस गरेको भन्दै आगामी दिनमा पनि सदैव जनताकै सेवामा लाग्ने विश्वास दिलाएका छन् ।

प्युठान सदरमुकाम खलंगावाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता मल्ल रानी गाउँपालिकाका नागरिकहरूले अहिले गाउँगाउँमै पाएका छन् । ३ नम्बर वडाको चौरपानी र मुन्डाँडा गरी २ वटा स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा कार्यरत लक्ष्मी पोख्रेलले बताइन् ।

अति अशक्त भएका कारण सुरक्षाकर्मी सहित ८१ वर्षीय दुर्गाबहादुरको घरमै पुगेर पहिलो पटक भत्ता वितरण गरेको पोख्रेलले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved