दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८९ करोड  

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ८९ करोड  

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ६२ अंक घटेर १९५८ दशमलव ७५ विन्दुमा झरेको छ ।

सोमबार ३१० कम्पनीका ४८ हजार ७०९ पटकको कारोबारमा ६९ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ जसमा कारोबार रकम भने २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९ रुपैयाँ रहेको छ ।

आज पोखरा फाइनान्स र दोल्ती पावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, पिपुल्स पावर कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशत घटेको छ । यस दिन बोटलर्स नेपाल (तराई) को सेयर मूल्य सर्वाधिक ९ दशमलव ०३ प्रतिशत बढेको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ । विकास बैंक उपसमूहको परिसूचक ० दशमलव २३ प्रतिशत बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ९६ प्रतिशत घटेको छ ।

त्यस्तै, यस दिन लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved