विमानस्थलका श्रमिकमाथि शोषण अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी

नेपालभ्युज

विमानस्थलका श्रमिकमाथि शोषण अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत श्रमिकहरूले आफूहरूमाथि शोषण भइरहेको उल्लेख गर्दै अन्त्य नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमबार श्रमिकहरूको संस्था यूनिट्राभले विमानस्थलका श्रमिकको क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो ।

नागरिक उड्डयन प्राधिकरण, वायु सेवा निगम र एयर इन्डिया टाटाले शोषण गरेको यूनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले बताए । शोषण अन्त्य नभए आन्दोलन थाल्ने उनले चेतावनी दिए ।

श्रमिक एवं कर्मचारीबीच नै तलब, भत्तादेखि सबै सेवा, सुविधामा विभेद गरेको उनको आरोप छ । यस्तै, कार्यथलोमा मर्यादित ज्यालाको साथै सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षा नभएको उनले बताए ।

तलब, भत्ता काट्ने र श्रमिकलाई शोषण गर्ने कार्य भइरहेको भन्दै यसप्रति ध्यानाकर्षण भएको पराजुलीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved