असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोक राई

नेपालभ्युज

असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोक राई

काठमाडौं । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउनुपरेको बताएका छन् ।

निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमवार अपरान्ह सिंहदरवार पुगेका  उजले संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

पार्टीको आसन्न महाधिवेशनमा लाठे रोपाईं हुने स्थिति देखिएपछि त्यही पार्टीमा बस्ने कुरा राम्रो नहुने भएको भन्दै नयाँ पार्टी दर्ता गरेर जान आफूहरु निष्कर्षमा पुगेको बताए।

अध्यक्ष राईले सत्ता राजनीतिका कारण आफूहरुले पार्टी विभाजन नगरेको जिकिर पनि गरे । सांसदहरुले संसदीय दल विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग कुनै न कुनै रुपमा जोडिन जाने भएपनि सत्ता राजनीतिको कारण पार्टी विभाजन नभएको उनको भनाई थियो । अध्यक्ष राईले आफ्नो पार्टीले अब संसदमा रचनात्मक क्रियाकलाप गर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘अब यो चाहीँ पानी उमाल्ने क्रममा तापक्रम बढ्दै बढ्दै जान्छ । सय डिग्री पुगेपछि पानी उम्लिन्छ भन्ने एउटा वैज्ञानिक  नियम छ । त्यस्तै हो । अब यहाँहरुले सार्वजनिक क्षेत्रले हेर्दाखेरी एकैचोटी जस्तो भयो । तर कुनै पनि घटना एकैचोटी हुँदैन । त्यसका पछाडि कारणहरु हुन्छन । र त्यसले विकास गर्नका निम्ति अलिकति समय लिएको हुन्छ, प्रक्रियाहरु पार गरेको हुन्छ ।’

अध्यक्ष राईले यादवले सत्ता गठबन्धन फेरबदल गर्ने कुराबारे आफूहरु बेखबर रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved