गर्मीमा बच्चालाई ‘लू’ बाट बचाउने उपाय

नेपालभ्युज

गर्मीमा बच्चालाई ‘लू’ बाट बचाउने उपाय

एजेन्सी । गर्मीमा तापक्रम बढेसँगै तातो हावा पनि चल्न थाल्छ, जसलाई लू भनिन्छ । यो तातो हावाले ठूला देखि बच्चासम्मको स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ । यस्तोमा बच्चालाई कसरी लूबाट जोगाउने भन्ने बारे आज जान्नेछौं ।

गर्मीको मौसममा बच्चाको शरीरमा पानीको कमी हुन नदिनुहोस् । बच्चालाई प्रर्याप्त मात्रामा पानी पिलाउनुहोस । यसबाहेक पानीको कमी हटाउन बच्चालाई रसिलो फलफूल तथा जुस पनि खुवाउनुहोस् ।

बच्चालाई बिहान ११ बजेदेखि ४ बजेसम्म घाममा बाहिर जान नदिनुहोस् । जानैपर्ने स्थिति भएमा टोपी तथा छातासँग लग्नुहोस् ।

लूबाट बच्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपरंछ । यसका लागि इम्यूनिटी बुस्ट गर्ने खालका खानपिनमा जोड दिनुहोस् । उनीहरुलाई सफा तथा स्वच्छ खाना खुवाउनुहोस् । बच्चालाई दैनिक रुपमा नुहाइदिनुहोस् ।

बच्चालाई गर्मीबाट बचाउन सुतीको कपडा लगाइदिनुहोस् । उनीहरुलाई सजिलै हावा पस्न सजिलो हुने कपडा पातलो तथा खुकुलो कपडा लगाइदिनुहोस् ।

धेरै चिल्लो तथा भुटेको तारेको खानेकुरा नखुवाउनुहोस् । यसले पखालाको समस्या हुन सक्छ । जसले गर्दा उनीहरुको शरीरमा पानीको कमी हुन जान्छ ।

कागती पानी, नरिवल पानी र मोही खुवाउन सक्नुहुन्छ । यसले शरीरलाई हाइड्रेट राख्ने गर्छ । साथमा पेटलाई सितल पनि बनाइराख्छ ।

बच्चालाई लू लागेको अवस्थामा उनीहरुलाई ज्वरो आउने, वान्ता, पखाला हुने तथा पसिना आउने जस्तो समस्या हुन सक्छ । यस्तोमा तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved