विनोद चौधरीको अवैध धन्दालाई साथ दिने जनप्रतिनिधिविरुद्ध अनुसन्धान थाल्दै अख्तियार

यसबारे सार्वजनिक बहस सुरु भएसँगै अख्तियारले अनुसन्धान थालेको हो। सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने तयारी भएको अख्तियारले जनाएको छ ।

नेपालभ्युज

विनोद चौधरीको अवैध धन्दालाई साथ दिने जनप्रतिनिधिविरुद्ध अनुसन्धान थाल्दै अख्तियार

काठमाडौं। ललितपुरको कुपण्डोल हाइट (बखुण्डोल)मा अवैधरूपमा निर्माणाधीन समिट अपार्टमेन्ट होटल बनाउन स्थानीय जनप्रतिनिधिले नै साथ दिएको विषयमा अख्तियारले अनुसन्धान गर्ने भएको छ।

स्थानीयको तीव्र विरोधका बाबजुद अवैधरूपमा परियोजना बनाउन वडा कार्यालयदेखि महानगरसम्मका जनप्रतिनिधि र कर्मचारीले साथ दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण भएको हो।

चौधरी ग्रुपको अराजकताले आफ्नो घरको गाह्रो चर्किएको र घर भत्किने जोखिम रहेको भन्दै स्थानीयले पहिल्यै उजुरी दिएका थिए। अवैध धन्दावालाकै प्रभावमा परेका जनप्रतिनिधिले सर्वसाधारणको गुनासो सुनेनन्। बखुण्डोलका बासिन्दाको बिल्लीबाठमा चौधरी ग्रुप र जनप्रतिनिधिको मिलिभगतको खुलासा नेपालभ्युजले सोमबार प्रकाशन गरेको थियो।

विनोद चौधरीको अवैध धन्दालाई महानगरको साथ, उजुरीको बेवास्ता गर्दा धेरैको उठिवास

यसबारे सार्वजनिक बहस सुरु भएसँगै अख्तियारले अनुसन्धान थालेको हो। सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारको तयारी छ ।

अख्तियारका एक अधिकारीले ‘‘अवैध धन्दावालाकै प्रभावमा परेका जनप्रतिनिधिबारे चासो भएको छ। भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्छौं, सार्वजनिक पद धारण गरेका व्यक्तिले नाजायज रकम लेनदेन गरेर स्थानीयको उजुरीमाथि कारबाही प्रक्रिया अघि नबढाएको हुनसक्ने आशंका छ।’’ यसबारे तथ्य र प्रमाणबमोजिम एउटा निचोडमा पुग्ने ती अधिकारीले बताए।

ठूलो संरचना बनाउन नमिल्ने भनिएको ठाउँमा १६ तलासम्मको अपार्टमेन्ट बनाउन सुरु गरिएको थियो। कुनै निकायबाट पनि अनुमति नलिई १८ रोपनी जग्गामा काम थालेपछि स्थानीयले रोक्न खोजेका थिए।

तर, महानगरकै साथ मिलेपछि चौधरी ग्रुप (सीजी)का अध्यक्ष तथा सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहले कामलाई निरन्तरता दिइरहे।

किर्ते गरेर हत्याइएको थियो चौधरीले अपार्टमेन्ट बनाइरहेको बखुन्डोलको बहुमूल्य जग्गा

१६ तलासम्मको ठूलो संरचना बनाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र नक्सा पास गर्नैपर्छ । तर, त्यो कानुनलाई चुनौती दिँदै काम थालिएपछि दर्जन परिवारको उठिबास लागेको छ। त्यो भवितव्यको आकलन गरेका स्थानीयले भने पहिला नै महानगरमा उजुरी गरेका थिए।

ललितपुर महानगरपालिका–१ बखुण्डोलका स्थानीय ऋगध्वज विष्टले तीन महिनाअघि नै महानगरमा उजुरी दिए पनि उजुरीमाथि कुनै सुनुवाइ भएन । अन्ततः घर भासिएपछि उनी र उनका केही छिमेकी विस्थापित भएका छन्।

यसबारे केही सरोकारवालाहरूले पनि अख्तियारको ध्यानाकर्षण गराउने समेत तयारी गरेका छन्। अख्तियारका प्रवक्ता भोला दाहाल भन्छन्, ‘‘स्थानीयको उजुरी उपर महानगरपालिकाले घटनाको गाम्भीर्यता नबुझ्नु यसको कमजोरी हो। त्यो सम्बन्धमा हाम्रो कुनै सम्बन्ध हुँदैन।

तर, चौधरी ग्रुपले अवैध धन्दाको काम नरोकी गर्नका लागि जनप्रतिनिधिले केही नाजायज फाइदा लिएका छन् की भन्ने अनुसन्धान गर्ने मात्र हाम्रो दायित्व हो, त्यसप्रति ध्यानाकर्षण भएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम अनुसन्धान अघि बढाउँछौँ।’’

विनोद चौधरीले अर्काको जग्गा हत्याएर अपार्टमेन्ट बनाउँदा भासियो वरपरका घर, दर्जन परिवारको बिल्लीबाठ

कोरोना महामारीपछि बन्द भएको ललितपुरको बखुण्डोलस्थित समिट होटल भएको ठाउँमा पाँचतारे लक्जरी अपार्टमेन्टसहितको नयाँ होटल बनाउन लागिएको हो।

१ अर्ब ८० करोड डलर सम्पत्तिसहित विश्व अर्बपति सूचीमा रहेका व्यापारी तथा सांसद विनोद चौधरीले केही साझेदारसँग मिलेर ललितपुरको बखुण्डोलमा अपार्टमेन्ट बनाइरहेका छन्। उक्त अपार्टमेन्ट कब्जा गरिएको जग्गामा बनाउन लागिएको विषय यसअघि नेपाल भ्युजले प्रकाशन गरिसकेको छ।

सम्बन्धित समाचार

सरकारी सम्पत्तिमा सीजीको गिद्दे नजर : हाउजिङ जाने बाटो बनाउन यसरी हडपियो सार्वजनिक जग्गा

मन्त्री बन्न अर्बपति चौधरीको दौडधुप : सिंहदरबारबाट राज्यस्रोत दोहन गर्ने योजना !

सरकारी जग्गा हडपेको प्रकरणमा ‘चौधरी ग्रुप’लाई उन्मुक्ति दिन अख्तियारको प्रपञ्च

सहकारीको जग्गामा सीजीको राज, ललितपुरको मुटुमा १४ रोपनी जग्गा हडप्न अनेक दाउ

साझाका ३७ वटा बिजुली बस पार्किङमा थन्किए, चार्जिङ स्टेसन बनाउने जग्गा चौधरी ग्रुपको कब्जामा

सरकारी जग्गा अतिक्रमण गर्ने चौधरी ग्रुपलाई कारबाही गर्न सांसद सुवालको माग (भिडिओसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved