सरकारी जग्गा अतिक्रमण गर्ने चौधरी ग्रुपलाई कारबाही गर्न सांसद सुवालको माग (भिडिओसहित)

सांसद सुवालले सैबु भैसेपाटीको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको माग गरिरहँदा नेपाली कांग्रेसका सांसद विनोद चौधरी संसदमै चुपचाप सुनिरहेका थिए। आफ्नो अगाडि रोस्टममा बसेर आफूमाथि जग्गा सरकारी जग्गा प्रकरणमा कारबाहीको माग गरिरहँदा सांसद चौधरी लज्जित देखिन्थे।

नेपालभ्युज

सरकारी जग्गा अतिक्रमण गर्ने चौधरी ग्रुपलाई कारबाही गर्न सांसद सुवालको माग (भिडिओसहित)

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भैंसेपाटीमा सरकारी जग्गाको अतिक्रमण गर्ने चौधरी ग्रुप र त्यसमा संलग्न सरकारी कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्।

सोमबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने सन्दर्भका छलफलमा भाग लिँदै सुवालले यो विषयमा प्रधानमन्त्रीले कारबाहीको प्रतिबद्धता नजनाएसम्म विश्वासको मतले देश र जनताको हित नहुने बताए।

सांसद सुवालले  भैसेपाटीको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको माग गरिरहँदा नेपाली कांग्रेसका सांसद विनोद चौधरी भने संसदमै चुपचाप सुनिरहेका थिए। सरकारी जग्गाको अतिक्रमण गर्ने चौधरी ग्रुप सांसद विनोद चौधरीकै हो। आफ्नो अगाडि रोस्टममा बसेर आफूमाथि जग्गा सरकारी जग्गा प्रकरणमा कारबाहीको माग गरिरहँदा सांसद चौधरी लज्जित देखिन्थे।

सांसद सुवालले भने ‘‘ललितपुर उपमहानगरपालिका वडा नं १८ सैबुमा बाटो नभएको २६ रोपनी जग्गा खरिद गरी २०७६ पुस १६ गते साबिक सैबु गाविस वडा नम्बर ६ घ को कित्ता नम्बर ६५ को सरकारी जग्गाबाट बाटो खोलेर जग्गा बिक्री गर्नेहरूलाई कारबाही नगरेसम्म, यो विषयमा प्रधानमन्त्रीले प्रतिबद्धता नजनाएसम्म यो विश्वासको मतले देश र जनताको हित हुनेछैन।’’

सीजीले निर्माण गरिरहेको ‘सीजी हिल्स प्रिमियम भैंसेपाटी’ नामक हाउजिङ परियोजनालाई सरकारी जग्गा सुम्पन मालपोत कार्यालय र नापी कार्यालयका तत्कालीन कर्मचारीले सरकारी जग्गामा बाटो खेलिदिएका थिए। सो बारे नेपालभ्यूजले लगातार समाचार फलोअप गरिरहेको छ। समाचार प्रकाशन भएपछि जग्गा अतिक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा परेको छ।

व्यापारिक प्रयोजनको लागि १४ पुस २०७६ देखि १६ पुससम्म ललितपुर भैंसेपाटीको जग्गा दुई दिनमा ‘फास्ट ट्र्याक’बाट सरकारी जग्गा (कित्ता नम्बर ६५) कित्ताकाट गरेर बाटोसमेत बनाइदिने सरकारी कर्मचारीविरुद्ध स्थानीय र सामाजिक अभियन्ताले मुद्दा हालेका हुन्।

मुद्दामा सरकारी जग्गा कित्ताकाट गरेर बनाइएको बाटो बदर गर्न परमादेशको माग गरिएको छ। सो विषयमा अख्तियारमा समेत चार वटा मुद्दा परेको छ।


सरकारी सम्पत्तिमा सीजीको गिद्दे नजर : हाउजिङ जाने बाटो बनाउन यसरी हडपियो सार्वजनिक जग्गा

 

सरकारी जग्गा हडपेको प्रकरणमा ‘चौधरी ग्रुप’लाई उन्मुक्ति दिन अख्तियारको प्रपञ्च

 

सरकारी जग्गा सीजीलाई सुम्पने सरकारी कर्मचारीविरुद्ध उच्च अदालतमा मुद्दा

 

चौधरी ग्रुपद्वारा ‘सीजी हिल्स प्रिमियम भैंसेपाटी’ हाउजिङ परियोजना शुरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved