काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैंसेपाटी’ नामक हाउजिङ परियोजना शुरू गरेको छ। नेपालमा विलासी हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो।
राजधानीमा पछिल्लो समय भीआईपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैंसेपाटीको विशेष आकर्षणका रूपमा सीजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको छ। सरकारले भैंसेपाटीमा मन्त्रीक्वार्टर लगायत अन्य आवासीय संरचनाहरू निर्माण गरिरहेको छ।
सीजी डेभलपर्सले यहाँ ६० वटा लक्जरियस घरहरू निर्माण शुरू गरेको छ। आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रवन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भीआईपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिदै आएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन यहाँ हाउजिङ परियोजना शुरू गरिएको हो।
‘‘सीजी हिल्स प्रिमियम सम्पूर्ण रूपमा एउटा सून्दर घर परिकल्पनाको साकार रूप त हो नै, त्यसका अलावा यो आफैमा स्टाटस सिम्बोलका रुपमा समेत स्थापित हुनेछ,’’ परियोजनाका प्रमुख इन्जिनियर नारायण श्रेष्ठ भन्छन्, ‘‘सीजीसँग बर्षौदेखि जोडिदै आउनु भएका हाम्रा प्रिय उपभोक्ताहरूका लागि यति सून्दर परियोजना समर्पण गर्न पाँउदा हामी निकै खुसी छौँ र यो उहाँहरुका लागि एउटा दुर्लव अवसर सावित हुनेछ भन्नेमा पनि विश्वस्त छौँ।’’
यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन्। करीब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन्। यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन्। नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाईनेछ। ‘‘उपभोक्ताहरूलाई विशेष घरमा बसेको अनुभुति दिलाउन डिजाईनमा हामीले इन्जिनियरिङका अन्तर्राष्ट्रिय कन्सल्टयान्टहरूको समेत सेवा लिएका छौँ,’’ परियोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘‘हामी यो परियोजनाबाट नेपालकै हाउजिङ डिजाईन नेक्ट लेभलमा पुगोस् भन्ने सोंचकासाथ काम गरिरहेका छौँ।’’

फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरेको छ। परियोजना प्रमुख श्रेष्ठले भने, ‘‘उपभोक्ताबाट प्राप्त प्रारम्भिक रेस्पोन्सवाट हामी निकै उत्साहित छौँ। र, हामीले माग अनुसारको आपूर्ति गर्न नसक्ने अवस्था व्यवहोर्नुपर्नेछ भन्ने स्पष्ट संकेत मिलेको छ।’’
सीजी नेपालको रियल स्टेट विजनेशको पायोनियर कम्पनी मानिन्छ। यस ग्रुपले दुई दशक अगाडि काठमाडौं रेजिडेन्सी र माउण्ट भ्यू रेजिडेण्सी निर्माण गरेको थियो।