डिशहोमले टि-ट्वान्टी र यूरो ट्वान्टीट्वान्टीफोरलाई लक्षित गरी देशको विभिन्न १५ सहरमा रोड शो गर्दै

नेपालभ्युज

डिशहोमले टि-ट्वान्टी र यूरो ट्वान्टीट्वान्टीफोरलाई लक्षित गरी देशको विभिन्न १५ सहरमा रोड शो गर्दै

काठमाडौं । डिशहोमले मंगलबारबाट देशका विभिन्न १५ वटा सहरहरूमा रोड–शो कार्यक्रम गर्ने भएको छ । डिशहोमले आउँदो टि ट्वान्टी र यूरो ट्वान्टीट्वान्टी फोरलाई लक्षित गरी उक्त रोड–शो कार्यक्रम गरेको हो ।

यस् कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेश लिम्बू प्रस्तोताको भूमिकामा रहने यस कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईँ तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिनेछन् ।

अन्य थप रोमान्चाक गतिविधिहरू हुनेछन् जहाँ सहभागीहरूले विभिन्न खेलहरूमा सहभागी भई पुरस्कारहरू पनि जित्न सक्नेछन् ।

यो कार्यक्रम धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि सुरु हुने रेडियो अन व्हिल वैशाख २६ गते इटहरी, २७ गते दमक, २८ गते बिर्तामोड, २९ गते विराटनगर, ३० गते जनकपुर, ३१ गते वीरगन्ज, जेठ १ गते हेटौँडा, २ गते नारायण घाट, ४ गते बुटवल, ६ गते धनगढी, ८ गते सुर्खेत, ९ गते नेपालगन्ज, ११ गते पोखरा र १४ गते काठमाडौँमा आयोजना भई समापन हुनेछ ।

कार्यक्रमले देशैभर हजारौँ जनालाई पूर्ण मनोरञ्जन गराउने विश्वास आयोजकले लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved