स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता 

नेपालभ्युज

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता 

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा विशेष छुट प्रदान गर्न सम्झौता गरेको छ ।

यससँगै प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित रहेको उक्त हेल्थ केयरमा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ्य सेवाहरूमा विशेष छुट पाउने छन् ।

एक समारोहकाबिच स्वस्तिक हेल्थ केयर सेन्टर का अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved