इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रसारण एक्सन स्पोर्स्ट एचडीआईबाट हुने

नेपालभ्युज

इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रसारण एक्सन स्पोर्स्ट एचडीआईबाट हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा २०८१ वैशाख २६ गते देखि जेठ ९ गतेसम्म हुने इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रसारण डिश मिडिया नेटवर्कले गर्ने भएको छ ।

एक सम्झौता गर्दै उक्त खेलको प्रत्यक्ष प्रसारण डिस मिडिया नेटवर्कको एक्सन स्पोर्स्ट एचडीआई च्यानलले गर्ने भएको हो ।

यसका लागि एक सम्झौता गर्दै प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फ बाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलहरू खेलाइने छ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरू लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved