काठमाडौंमा आजदेखि मह मेला, बजार नपाउँदा किसान समस्यामा

नेपालभ्युज

काठमाडौंमा आजदेखि मह मेला, बजार नपाउँदा किसान समस्यामा

काठमाडौं । काठमाडौंमा आजदेखि पाँचौँ राष्ट्रिय मह मेला सुरु हुँदैछ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ मह मेला सुरु हुन लागेको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना र नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजनामा पाँच दिन मेला लाग्ने छ ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महका बारेमा उपभोक्तालाई परिचित गराउने मेलाको उद्देश्य रहेको बताए ।

व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट भएपनि बजार अभाव भएको बताए । उनका अनुसार बजारीकरणका लागि पनि महोत्सवले प्रभावकारी भूमिका खेल्ने छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रसस्त सम्भावना रहेको बताइन् ।

मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुने आयोजकले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved