नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम खुम्चँदै

नेपालभ्युज

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम खुम्चँदै
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक २ दशमलव ०६ अंकले बढेर १९६० दशमलव ८१ को विन्दुमा पुगेको छ ।

आज ३१४ कम्पनीका ३८ हजार २ सय १४ पटकको कारोबारमा ५० लाख ६४ हजार ०३८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब १४ करोड ५० लाख २ हजार ६ सय २१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ । सेयर मूल्य बढेका शीर्ष १० कम्पनीहरूको सूचीमा ९ लघुवित्त कम्पनीहरू रहेका छन् । जसमध्ये हिमालयन लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्तको सेयर मूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने समता घरेलु लघुवित्तको सेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को सेयर मूल्य यस दिन सर्वाधिक ६ दशमलव २३ प्रतिशत घटेको छ ।

अधिकांश लघुवित्त कम्पनीहरूको सेयर मूल्य बढेसँगै लघुवित्त उपसमूहको परिसूचक यस दिन अरू उपसमूहको तुलनामा उच्च दरमा बढेको छ । सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ४३ प्रतिशत बढेको छ ।

विकास बैंक, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ । कारोबारमा आएका वित्त र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved