काठमाडौं महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय संचालन गर्ने

नेपालभ्युज

काठमाडौं महानगरपालिकाले  बिहान ९ बजेदेखि कार्यालय संचालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि हुने भएको छ ।

महानगरपालिकाले  शुक्रबारदेखि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको हो ।

सेवा सहजताका लागि  बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।  उनका अनुसार बेलुकाको समय भने परिवर्तन गरिएको  छैन ।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved