पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

नेपालभ्युज

पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

काठमाडौं । पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको छ ।

८४ वर्षको उमेरमा मंगलबार काठमाडौंको हिमाल अस्पताल, कमल पोखरीमा गुरुङको निधन भएको हो । उनी बाथ र सुगरका बिरामी थिए ।

विसं २०७० सालमा नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका गुरुङ विसं २०७३ मा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बनेका थिए ।

अहिले गुरुङको शव टिचिङ अस्पतालको शव गृहमा राखिएको छ । गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved